सुचना, समाचार र मनोरन्जन

राजुको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल (बले)ले लिए ३५ लाख पारिश्रमिक

काठमाडौं :

हास्यकलाकार केदार घिमिरे माग्ने बुढाले एउटा फिल्ममा ६०लाख पारिश्रमिक लिएको चर्चा सेलाउन नपाउदै अर्को बललेको पारिश्रमिकको चर्चा चलेको छ। हाँस्य अभिनेता तथा मोडलका रुपमा चर्चित सागर लम्साल ‘बले’ नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा ३५ लाख लिएर शुक्रबार अनुबन्धित भएका छन्।

राजु गिरीको निर्देशनमा बन्ने फिल्ममा सागरले ३५ लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्षले जनाएका छन्। फिल्ममा उनी डल्ले नामक युवकको शीर्ष भूमिकामा प्रस्तुत हुदैछन्। पछिल्लो समय दर्शकको रोजाइको अभिनेतामा पर्ने सागर बिशेषगरी ‘सक्किगो नि’ सिरिजबाट निकै चर्चामा आएका हुन्। ‘लोफर’ फिल्मबाट ठूलो पर्दाको यात्रा थालेका उनले त्यसपछि ‘हैरान’ लगायतका केही फिल्म तथा सयौं चर्चित म्युजीक भिडियोहरुमा अभिनय गरेका छन् ।

sfal

उनी प्रमुख एक अभिनयमा रहेको फिल्म ‘लाज शरणम’ १४ फागुनबाट बिश्वब्यापी प्रदर्शनमा आउँदैछ । ‘डल्लेले इन्ट्री मार्याे’ मा सागरले लिएको पारिश्रमीक अहिलेसम्मकै उच्च हो । क्यारेक्टरमा फिट,कुशल अभिनय,चर्चित अनि बजारको माग हेरेर सागरलाई शीर्ष भूमिकामा लिइएको निर्देशक गिरी बताउँछन् ।

‘स्क्रिप्टको माग,उहाँको कलाकारिता तथा दर्शकमाझ उहाँको क्रेजको तुलनामा उहाँलाई दिइएको पारिश्रमीक कमै होजस्तो लाग्छ ,’ निर्देशक गिरीले भने।

संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको छायांकन फागुन अन्तिमबाट गरिने छ । सावित्रा चिलुवाल,निर्मता बस्नेत,आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य भने केही सातामा टुङ्ग्याइने छ । उषा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसियल कमेडी जनरामा हुने बताइन्छ।

Leave A Reply

Your email address will not be published.