सुचना, समाचार र मनोरन्जन

मलाई आफैं ‘रिक्स’ लिएर विजनेश गर्न मन छ : वर्षा राउत

काठमाडौं :

फिल्म ‘महाजात्रा’को छायांकनमा व्यस्त रहेकी अभिनेत्री वर्षा राउत व्यापार व्यवसायमा सक्रिय छिन्। उनी विवाहपछि व्यवसायमा श्रीमान् संजोग कोइरालासँग मिलेर काम गरिरहेकी हुन्।

Gandarbha

उनले श्रीमानसँग लकडाउन यता ‘चिया अड्डा’सँगै केही रेस्टुरेन्ट व्यवसायमा हात हालेकी हुन्। वर्षा फिल्मको छायांकनमा व्यस्त रहेको हुँदा अहिले सबै व्यवसाय संजोग एक्लैले हेरिरहेका छन् ।

उनले शनिबार काठमाडौंको चोभारस्थित मन्जुश्री पार्कको उद्घाटन गर्न पुगेकी वर्षाले अब आफैं ‘रिक्स’ लिएर विजनेश गर्न चाहेको बताईन्। उनले आफ्नो एकल लगानीमा विजनेश गर्ने चाहाना रहेको र आफै रिक्स मोल्न चाहेको बताईन्।

वर्षाले पत्रकारसामु भनिन्, ‘अहिले मैले संजोगकै भरमा विजनेश गरिरहेको छु । तर, मलाई आफैं ‘रिक्स’ लिएर विजनेश गर्न मन छ । संजोगबाट सुझाव त भैहाल्छ तर ‘सेल्फ डिपेन्डेन्ट’ भएर विजनेशमा ‘रिक्स’ लिन चाहन्छु । तर, कहिले लिन्छु मलाई नै थाहा छैन ।’
उनी ‘महाजात्रा’पछि ‘तेल भिसा’मा व्यस्त हुनेछिन्।

Leave A Reply

Your email address will not be published.