सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

स्वतन्त्रलाई किन हुन्छ प्रहार ?

मिसन ८४ मा नयाँनयाँ युवा हस्तक्षेपकारी ढङ्गले नीति र भिजनसहितका सांसद बनी अघि बढ्नु पर्ने आवश्यकता नभई बाध्यता बनेको छ । देश र जनताको हितमा काम गरे असम्भव केही पनि छैन् । राजनीतिको पिङ चलिरहन्छ र चल्नुपर्छ ।

आलेख…

अभिमन्यु पाण्डे /

वि.संं. २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेस पार्टी संसद्को सबभन्दा ठूलो दल बन्यो । जनताले अत्याधिक मतसहित नेपाली काँग्रेसलाई दिएको प्रधानमन्त्रीको म्यान्डेन आफ्नो पोल्टामा पार्न नस्कनु काँग्रेसको कमजोरी सुरुवाती थियो । त्यस्तै कमजोरी अहिले पनि देखिएको छ । काँग्रेसले चुनावपछि त्यतिबेला कमजोरी देखायो जतिबेला प्रचण्डले आफुलाई सक्षम साबित गर्दै प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखाएका थिए ।

प्रचण्डको वाम गठबन्धनमा काँग्रेसको समर्थन देखिनुले पनि प्रचण्डको अभिमानको अङ्कगणित उकालो लाग्नमा सघायो । तर समीकरण पुनः पुस १० मै फर्किएपछि काँग्रेस प्रतिपक्षमा रह्यो र ओलीले समातेको स्टेरिङमा प्रचण्डले गियर दबाए र लामिछानेले याक्सिलेटर थिचे । पुस १० को माओवादी, एमाले र रास्वपाको त्रिकोणात्मक समीकरणबारे नेपाली समाजले समीक्षा गर्दै थियो, तर त्यही भित्रपनि माओवादी र एमाले आआफ्नै रस्सा कस्सीमा थिए । सत्ता साझेदारहरू देश र जनताको लागि भन्दा पनि पार्टी र पार्टीभित्रको व्यक्तिगत इगो केन्द्रित देखिन्थे ।

संसद् विघटन गर्दा पनि जनताले पत्याएर राम्रो मत पाएको पार्टी नेकपा एमालेले जनताले ३२ सिटमा खुम्चाएको पार्टी माओवादीलाई सत्ता सुम्पन पर्दा ओलीलाई चिरचिर त भएकै थियो यता काँग्रेसमा पनि रवि लामिछानेको विषयले उथलपुथल ल्याइरहेको थियो । त्यसमा गृह सम्हालेका रास्वपाका सभापति रविले कहिले गिरिबन्धु, कहिले भुटानी शरणार्थी त कहिले २५ फाइल भनेर सत्तापक्ष र प्रतिपक्ष दुबैलाई तर्साइरहेका थिए । साना दलको हालीमुहाली ठुला दललाई मन नपर्नु स्वभाविक नै थियो तर दक्षिण हिडेको काँग्रेस र उत्तर कुदेको एमालेको अप्रत्याशित मिलनकै कारण देशमा फेरि राजनीतिक घटनाक्रमले फरक मोड लियो । जसमा ३२ सिटको प्रधानमन्त्री र २१ सिटको गृहमन्त्रीले दुई ठुला दललाई मिल्न बाध्य पारे । नयाँ भनिएका स्वतन्त्र पार्टी वा भनौ बालेन, हर्क, गोपिजस्ता पुष्पदलको मुना चिमोट्न काँग्रेस एमाले मिलेका हुन भन्ने कुरा गगन थापाले भनेको दुई दलीय प्रणालीले इङ्कित गर्छ । त्यसैबिच संविधान संशोधनका कुरा उठ्नुले अर्को संसय खडा गरेको छ ।

जनतालाई नयाँ दल पनि उस्तै हुन् र स्वतन्त्र पनि उस्तै हुन् भनेर खिस्सीटिउरीमा अल्झाउनमा काँग्रेस र एमालेका कार्यकर्तादेखि नेतासम्म गलत भाष्य निर्माणमा जुटेका छन् । नयाँलाई रोज्न चाहने आम जनतामा भ्रम सिर्जित हुँदा मुलुक कतातिर जाँदै छ भन्ने ठुलो प्रश्न खडा भएको छ । एउटा प्रजातन्त्रिक र पूँजीवादी सुनिने दल काँग्रेस अर्को समाजवादी भनिने एमालेसँग मिल्नन बाध्य हुनु स्वतन्त्रहरूको हस्तक्षेप त हो नै, त्यस अतिरिक्त आम मानिसमा भ्रष्टचारको हिसाबकिताब मिलाउन मिलेका हुन् भन्ने पर्नु डरलाग्दो विषय हो । सत्ता र शक्तिमा पुगेपछि नयाँले पनि शक्तिको दुरुपयोग गर्छ भन्ने भाष्य निर्माण पूराना दलका नेता कार्यकर्ताले निर्माण गर्न सक्छ्न । त्यसो भनिनु सुहाउँछ पनि किनकि यो भाष्य पटकपटक सरकार चलाउने र मोटाउनेहरूले निर्माण गरेका हुन् ।

sfal

नयाँ दल पार्टीको प्रवाह नगरी देश र जनताको लागि छिटोभन्दा छिटो डेलिभरी दिन चाहन्छन् । नयाँ दलले मात्र होइन, स्थानीय निकायमा स्वतन्त्र जितेका जनप्रतिनिधिले पनि उत्तिकै आफ्नो कार्यभारको सदुपयोग गरेको पाइन्छ । कार्यकारी भूमिकामा गएर राम्रो काम गरेपछि जनताले जरैबाट आफ्नो अस्तित्व महसुस गर्छन भन्ने नयाँ दलले बुझेका छन् र देश र जनता बनेपछि सङगठन, पार्टी आफै बन्छ भन्ने पनि बुझेका छन् ।

धमिरा शब्द सुन्दा अप्रिय सुनिएला, धमिरा लाग्ने बिग्रेको, भत्केको, मक्केको, बाहिर बोक्रो भित्र खोक्रो भएकै ठाउँमा हो । यो सबै चिजमा धमिरा लाग्नुपर्ने छ । धमिरा नलागी यसलाई ध्वस्त बनाउन समय लाग्ने मात्र होइन नयाँ चिजको विकास हुन ढिलो हुन ेगर्छ । फलस्वरूप झन् कुरुप हुँदै जाने खतरा बढ्छ । त्यसैले अब धमिरा बनेर हिजोदेखि सरकार र सत्तालुप्त हुने तर सुशासन र समृद्धिमा केही गर्न नस्कन्नेहरूमाथि टाँसिएर धमिरा बन्नु पर्नेछ । टाँसिनु गलत होइन उद्देश्य पूरा नगर्नुचाहिँ गलत हुन्छ । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी गतिशील धमिराको फौज बन्नुपर्छ । नेतृत्व हर्कुलस जस्तो शक्तिशाली र किमार्थ हार नखाने खालको हुनु नै समयको माग हो ।

धेरैजसोलाई लाग्छ जनताले रास्वपालाई प्रतिपक्षको लागि पठाएको हो । सरकारमा जानु गलत छ । हो जनताले प्रतिपक्षकै लागि भोट हालेका हुन तर जुन दिनमा सरकारकै लागि जनताले रास्वपालाई मत दिन्छन् त्यो बेला सरकारको अनुभवसहित प्रतिपक्षी भूमिकामा अब्बल भएको पार्टीले झन राम्रोसँग सरकार चलाउन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसकारण रास्वपालाई प्रतिपक्षमा रहन र मौका पाउँदा मन्त्रालयमा गएर मन्त्रालय चलाउनेदेखि तलतलसम्मको व्युरोक्र्याटिक अभ्यास बुझ्न २०७९ मङ्सिरमा जनताले मत दिएका हुन । जुन कुरामा रास्वपा सफल पनि भयो । प्रतिपक्ष को भूमिका कस्तो रह्यो भन्ने त सर्वविदित नै छ । रास्वपा प्रतिपक्षी भूमिका जोडदार रहेको जनताले महसुस गरेकै कुरा हो ।

समस्या नयाँ दलमा नभएको होइन । कोही स्टाटसलाई लिएर चिठीमा जवाफ खोज्दै छन् त कोही ठिक र बेठिकको लगाम मा अल्झेका छन् । यसले के देखाउँछ भने यस्ता मान्छे देश र जनताको हितमा भन्दा आफूलाई सर्वज्ञानी र सर्वोपरी ठान्नेहरूको नेतावाहेक अरू केही बन्न सक्दैनन भन्ने प्रस्ट छ । यो देश र जनताको हितमा रहँदैन । त्यसैले टिकाटिप्पणीतिर हैन समर्थन गर्नुपर्ने बेला आएको छ, एक ढिक्का भएर कमिकमजोरी आन्तरिक रूपमा सुल्झाउँदै कटिबद्ध ढङ्गले पूराना दललाई परास्त पार्न सडकदेखि सदनसम्म र घरबारदेखि सरकारसम्म अघि बढेर जानुपर्ने भएको छ ।

धमिरा शब्द सुन्दा अप्रिय सुनिएला, धमिरा लाग्ने बिग्रेको, भत्केको, मक्केको, बाहिर बोक्रो भित्र खोक्रो भएकै ठाउँमा हो । यो सबै चिजमा धमिरा लाग्नुपर्ने छ । धमिरा नलागी यसलाई ध्वस्त बनाउन समय लाग्ने मात्र होइन नयाँ चिजको विकास हुन ढिलो हुन ेगर्छ । फलस्वरूप झन् कुरुप हुँदै जाने खतरा बढ्छ । त्यसैले अब धमिरा बनेर हिजोदेखि सरकार र सत्तालुप्त हुने तर सुशासन र समृद्धिमा केही गर्न नस्कन्नेहरूमाथि टाँसिएर धमिरा बन्नु पर्नेछ । टाँसिनु गलत होइन उद्देश्य पूरा नगर्नुचाहिँ गलत हुन्छ । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी गतिशील धमिराको फौज बन्नुपर्छ । नेतृत्व हर्कुलस जस्तो शक्तिशाली र किमार्थ हार नखाने खालको हुनु नै समयको माग हो ।

सदियाँैदेखि सरकारमा बसेर ब्रह्मलुट गर्नेलाई मक्याउँदै धुलो पारेर नयाँ शिराबाट देशलाई निकासा दिन सकिन्छ भन्ने कुरा नयाँ दलले पक्कै बुझेको छ । नयाँ नेतृत्व निर्माणको लागि ८४ पछिको सरकार मजबुत, अनुभवी र परिपक्वताको हुनका लागि स्वतन्त्र जनप्रतिनिधिको अब्बल काम र नयाँ दल सरकारमा जाने कदम सकारात्मक छ । सच्चिने, सुध्रिने कि सक्किने पूराना दललाई अवसर छ भने चुनौती नयाँ दललाई र नयाँ सांसदलाई पनि छ । अब जनता सत्ता र शक्तिको सदुपयोग नयाँ सांसदले गर्नुपर्छ र गर्छन् भन्नेमा आशावादी छन् ।

अघि बढ्ने हो बढ्नुपर्छ देश र जनताको लागि अब कुनै पनि बाहानामा अल्झिनु हुन्न र सेवाप्रवाह दिने कुनै पनि निकायमा साझेदारी हस्तक्षेपकारी सबै भूमिकासहित अगाडि बढ्नु पर्छ भन्नेकुरा नयाँले बुझेका छन् । कसले के भन्यो के लेख्यो हैन हामीले के गर्न सक्छौँ भन्ने कुरा नै देश र जनताको हितमा छ । यसमा सतिसाल जस्तो अडिग हुनुपर्छ । मिसन ८४ मा नयाँनयाँ युवा हस्तक्षेपकारी ढङ्गले नीति र भिजनसहितका सांसद बनी अघि बढ्नु पर्ने आवश्यकता नभई बाध्यता बनेको छ । देश र जनताको हितमा काम गरे असम्भव केही पनि छैन् । राजनीतिको पिङ चलिरहन्छ र चल्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.