सुचना, समाचार र मनोरन्जन
IVF New Banner

कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू: परराष्ट्र मन्त्रालय

काठमाडौँ/

म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले तीन बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।

Exchange and test

परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना ( ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरुमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई सावधानी अपनाउन अपिल गरेको छ।

मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बढोत्तरी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठुलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने वा यसखाले क्रियाकलाप गर्ने / गराउने कार्य कानुन बमोजिम दण्डनीय भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता गैरकानूनी कार्यहरु नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.