Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने
- अध्यक्षको लागि तेस्रोपटक अर्जुन पोखरेलको दाबीः विमानस्थलदेखि अन्तर्राष्ट्रिय व्यापारसम्मको योजना
- फेज–टु पुगेका १०७ प्रशिक्षार्थीलाई सल्युट गोर्खाको शुभकामना, ‘भर्ती सँगै भविष्य’मा जोड
- दास व्यापार उन्मूलन स्मरण अन्तर्राष्ट्रिय दिवस आज
- भदौ ७ गते आइतबार सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस
- शान्ता जिसीले ल्याइन् ‘पीर कल्लाई छैन र’, दर्शकको माया पाउनेमा आशावादी
- प्रदर्शनअघि नै चम्कियो ‘पार्वती’: अमेरिका र अस्ट्रेलियामा उच्च माग
- फिल्म ‘जदौ’को टिजर सार्वजनिक : नीति शाह र प्रभातपालको त्रिकोणात्मक प्रेम कथा
- पोखरा उद्योग वाणिज्य संघको निर्वाचन: १० सदस्यीय साझा टिम कसले बनाउला?
- शैक्षिक न्यायको खोजी: नारामा निःशुल्क, व्यवहारमा विभेद!
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट लाग्दैन: विद्युत प्राधिकरण
काठमाडौँ,
नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर ९भ्याट० नलाग्ने स्पष्ट पारेको छ ।
आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ ।
प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युत्को बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो ।
प्राधिकरणले यही साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै स्पष्ट पारिदिन आग्रह गरेको थियो । आर्थिक ऐन, २०८३ मा विद्युत्मा भ्याट लागू हुने व्यवस्था गरिएको छ ।
आन्तरिक राजस्व कार्यालयले सोमबार नै एक सूचनामार्फत असार मसान्तसम्मको विद्युत् उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको थियो ।
विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ ।
मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि पाँच प्रतिशत र अन्यको हकमा १३ प्रतिशत भ्याट लाग्नेछ । प्राधिकरणले लिने शुल्क विद्युत् सेवाको अङ्ग भएकाले साउन १ पछि हुने खपतमा नियमानुसार भ्याट आकर्षित हने विभागको प्रष्टोक्ति छ ।
प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई बिल पठाएको थियो । त्यसरी बिल पठाइएपछि उपभोक्ताले गुनासो गरेका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले त्यसमा चासो राख्दै समस्या समाधानका लागि पहल गर्नुभएको थियो ।
Prev Post