सुचना, समाचार र मनोरन्जन

बिम्स्टेक शिखर सम्मेलन शुरू, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं/

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन शुरू भएको छ।

थाइल्याण्डको बैङ्ककमा सदस्य देशका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन शुरू भएको हो ।

सदस्य देशका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गर्नुभएको छ ।

सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य देशका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य देशहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।

यसैबीच, आजै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

बिमस्टेक सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच आज दिउँसो ४ बजे साइडलाइन वार्ता हुने तय भएको हो ।

Leave A Reply

Your email address will not be published.