सुचना, समाचार र मनोरन्जन

‘मरिलानु के छ र’ भन्दै आए प्रियजन र उषा (भिडियो सहित)

काठमाडौं :

पुर्वेली गीतका लोकप्रिय गायक प्रियजन राई र उषा गजुरेलको स्वरमा नयाँ पुर्वेली जुवारी गीत स्रोतामाझ आएको छ। प्रियजन र उषाले गाएको पुर्वेली लोक जुहारी ‘मरिलानु के छ र’ बोलको गीत रिलिज गरिएको हो।

विष्णु मुरीको शब्द सिर्जना तथा सुकदेव राईको लय सिर्जनामा तयार भएको यस गीतलाई एरेन्ज मनोज साङसङ राईले गरेका छन्। निकै सुन्दर भाकामा तयार पारिएको यस गीतको माष्टरिङ राजु कार्कीले गरेका छन्।

Pach Pandav

पुर्वेली गीतमा आफ्नै खाल्को मिठास पाउन सकिन्छ। त्यसैले गीतमा माया पिरतीसँगै उदयपुरका विभिन्न स्थानको चर्चा गरिएको छ। भिडियोमा पनि गायक गायिकाको स्टुडियो लिप्सङ बाहेक उदयपुरकै रमणीय ठाउँको दृश्यलाई समावेश गरिएको छ। भिडियोलाई गायक प्रियजन राईले नै निर्देशन गरेका छन्।

विष्णु मुरी अफिसियलमार्फत सार्वजनिक गीतको स्टुडियने लिप्सिङ भिडियो निर्माण गरिएको हो। गीतकार विष्णुले यस अघि थुप्रै पुर्वेली गीतहरुको रचना गरेका छन्।

Leave A Reply

Your email address will not be published.