सुचना, समाचार र मनोरन्जन

आमाको मुख हेर्ने दिनमा प्रकाशको ‘दोलालघाटको पुल तरेर’

काठमाडौं :

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको प्रकाशले नयाँ गीत ‘दोलालघाटको पुल तरेर’ सार्वजनिक गरेका छन्। हालै उनको गीत युटुबमा सार्वजनिक गरिएको हो। गीतमा उनलाई गायिका साबित्री केसीले स्वरमा साथ दिएकी छन् ।

Pach Pandav

रामकुमार नेपालीको लय,देव पुरीको शब्द रचनामा तयार पारिएको गीतको भिडियो रिलिज गरिएको छ। निरेन श्रेष्ठको निर्देशनमा निर्माण भएको भिडियोमा रहेको भिडियोमा विद्या कार्की र राजन पुरीको जीवन्त अभिनय देख्न सकिन्छ । यस भिडियोको लागि राजन पुरीले आफ्नो कपाल नै काटेका छन्।

भिडियोमा छायांकन मरुभुमि नारायण, सम्पादन अमृत चापागाईंले गरेका हुन्। भिडियो शुभ साईत म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरे हो छ।

Leave A Reply

Your email address will not be published.