काठमाडौँ : नेपालको कन्फेक्शनरी (मिठाइजन्य खाद्य पदार्थ) उद्योगमा ५० वर्षभन्दा बढीको अनुभव रहेको अग्रणी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो लोकप्रिय चकलेट वेफर ब्रान्ड व्याफी को नयाँ पारिवारिक प्याक सार्वजनिक गरेको छ। हालै यस कम्पनीले आफ्नो ब्राण्डका सामाग्रीहरु सार्वजनिक गरेको हो।
यस कम्पनीले ‘क्रिमी, क्रिस्पी र क्रञ्ची अनुभव’ को नारासहित आएको नयाँ व्याफी अब अझ ठूलो, स्वादिलो र गुणस्तरीय भएको जनाएको छ। व्यास्फी पारिवारिक प्याक हाल दुई लोकप्रिय स्वादहरू—स्ट्रबेरी (दुधसहितको आँपजस्तै स्वाद) र चकलेट मा उपलब्ध गराउँदै अएको छ। १२० ग्राम तौल भएको यस प्याकको मूल्य रु १०० मात्र राखिएको छ भने यसलाई बजारको सबैभन्दा सुलभ प्रिमियम (उच्चस्तरीय) वेफरको रूपमा समेत प्रस्तुत गरेको छ।
कम्पनीका अनुसार, व्याफी विशेष रूपमा उच्चस्तरीय स्वाद मन पराउने बालबालिकाका लागि लक्षित गरिएको भए पनि गृहिणीहरू, किशोरकिशोरीहरू तथा युवाहरूका लागि समेत यो आकर्षक खाजाको विकल्प हो। सुपरमार्केट र सुविधायुक्त खुद्रा पसलहरूमा मात्र नभई,अब यो अनलाइन पसलहरू—जस्तै दराज, गिफ्टमाण्डु, स्मार्टडोको, यार्शाबजार, बिजबजार र डिलआयो जस्ता प्रमुख नेपाली किनमेल वेबसाइटहरूमा पनि सजिलै किन्न सकिन्छ।
नयाँ व्याफीको विशेषता भनेको चार तहको कुरकुरो वेफर र तीन तहको स्वादिलो क्रीमको संयोजन हो, जुन अत्याधुनिक प्रविधिमा उत्पादन गरिएको हो। यसमा रहेको तीन तहको धातुयुक्त प्याकिङ र ‘सुरक्षात्मक ट्रे’ को प्रयोगले १२ महिनासम्म ताजापन र कुरकुरोपन जोगाइराख्ने सुजल फुड्सको दाबी छ।
व्याफी नेपालको बजारमा मात्र सीमित नरही, अमेरिका, युरोप, अष्ट्रेलिया तथा खाडी मुलुकहरूमा पनि निर्यात भइरहेको छ।
लक्ष्मी समूह अन्तर्गत पर्ने प्रमुख कम्पनी सुजल फुड्सले गुणस्तरीय उत्पादनलाई सुलभ मूल्यमा उपभोक्तासम्म पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। कम्पनीले विश्वास लिएको छ कि नयाँ व्याफी प्याकले विशेषतः बालबालिका, किशोरकिशोरी र युवाहरू माझ लोकप्रियता कमाउँदै, प्रत्येक बाइटमा रमाइलो र स्वादको भरपूर अनुभव दिन सक्नेछ।