सुचना, समाचार र मनोरन्जन

‘सहकारी समस्या ‘थुनेर’ समधान हुदैन’

यति बेला जनतासङ्ग प्रत्यक्ष जोडिएको समस्या हो सहकारी । बाटो छेउमा मकै पोल्ने देखि ठेलामा फलफुल बेच्ने , लाखौ करौडौ व्यापार व्यवसाय गर्ने सम्मको समस्या बनेको छ सहकारि । तर जति सहकारी यतिबेला समस्या ग्रस्त छन , त्यो भन्दा धेरै सहकारी नियमित रुपमा चलिरहे सङ्गै समान्य व्यापार व्यावसाय सङ्ग जोडिदै नियमन ढ्ङ्गले र ब्यबस्थित ढ्ङ्गले चलिरहेका पनि छन । तर केही सहकारिले नियम भन्दा बाहिर रहेर वा कानुनको छिद्रा प्रयोग गरि अपचलन गरेर सामान्य नागरिकलाइ दुख दिएकै कारण राम्रो सङ्ग चलिरहेको सहकारी माथी पनि प्रश्न उठ्नु स्वभाविक भैसकेको छ ।

राज्यले हिजो जुन उद्देश्यको साथ सहकारी निर्माण गर्यो त्यो अत्यन्त राम्रो थियो र छ पनि । तर त्यो सङ्गसङ्गै सहकारि नियमन निकायलाई बलियो बनाउन नसक्नु र सहकारि संचालन गरेकाहरु मध्य केही ब्यक्तिले कानुनको छिद्रा प्रयोग गरेर सहकारीलाई धरापमा लानु नै आजको सहकारीको दुर्भाग्य हो ।

जुन उद्देश्यका साथ सहकारी निर्माण गर्यो त्यही नियमानुसार चलिरहेको छ त ?

जसरी चल्नु पर्ने थ्यो त्यसरिनै किन सहकारी चलिरहेको छैन त ?

सम्बन्धित निकायले कत्तिको ध्यान दिएको छ ?
सहकारिलाई वाध्ने विभिन्न निकायहरु के गरिरहेको छ ?

समस्या ग्रस्त सहकारी हरु प्रती आज राज्यको विभिन्न निकायको कस्तो दृष्टिकोण बनेको छ ?

यी र यस्ता धेरै प्रश्नहरुले गिज्याइरहेको बेला के समस्या ग्रस्त सहकारीका संचालकहरुलाई थुनामा राखेर समस्या समधान हुने हो त ?

समस्या शुरु भैसकेको लामो समय सम्मपनी कुनै पनि कार्य विधि , कुनै पनि नियमन गतिबिधिको ढिलाइको कारण बचत कर्ताको पैसा फिर्ता हुने कुरा लम्बिदै गएको कुरा बुझ्ने र बुझाईदिने कस्ले ?

भर्खरै म सहकारिकै कारणले कास्की कारागार बाट छुटेको छु । ठुला साना सबै खाले (सुर्यदर्शन , प्राइम, मित्रमिलन) सहकारीका संचालक देखि त्यहा बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा आएका सबैजना सङ्ग मैले बास्तबिकता केलाउने देखि समस्या कसरी भयो र समधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा थुप्रै छलफल गरे । सहकारिको अध्यक्ष , म्यानेजर, लोन म्यानेजर , संचालक समिती सदस्य , पुर्व अध्यक्ष , पुर्व कोषाध्यक्ष समेत सबैले एक खालको सकारात्मक कुरा गरेको र समधानका उपाय र बाटो खोजेरै बसेको महसुस मैले गरेको छु ।

काम गर्दै जादा फाइदा कमाउने उद्देश्यले हिजो गरेको गतिबिधिमा केही त्रुटि गरियो पनि होला तर राज्यले एउटा अवसर समयमै हामिलाई प्रदान गर्ने हो भने हामी बचत कर्ताहरुको रकम फिर्ता गर्ने कुरा सहज ढ्ङ्गले गर्न सकिन्छ। तर समयमा एउटा कार्यविधि आउने र नियमन निकायले ढिलाई गर्यो भने हामिलाई झनै गाह्रो हुँदै जाने र हामी झन कमजोर बन्दै जान्छौ भन्ने कुरा सबै जसो सहकारिकै कारणले थुनुवा परेका हरुको दृष्टिकोण पाएको छु ।

जति जना थुनुवा परेका छन ती सबै गल्ती गरेर थुनुवा परेका छैनन भन्ने मेरो बुझाई छ । कार्यसमितिमा भएकै कारण थुनुवा परेका छन भने सहकारिको सबै गतिबिधी एउटा ले गरेको छ तर ती सबै को जबाफदेही सबै हुनुपर्छ भन्ने हिसाबले पुर्व कोषाध्यक्ष देखि तत्काल कुनैपनी ठाउमा हस्ताक्षर नगरेका कोषाध्यक्ष समेत जेल बस्नु परेको बेथा उत्तिकै छ । धेरैले नबुझेको ठाउमा हात हाल्नु कमजोरी महसुस गर्दै आफुले कति जरिवाना तिर्नुपर्ने हो र कति सजाय भोग्नुपर्ने हो भोग्न तयार छु भनेर सरकार सङ्ग छिटो प्रक्रिया अगाडि बढाइदिन अनुरोध पनि गरिरहेका छन ।

जस्ले सहकारिको सम्पुर्ण आर्थिक गतिबिधी देखि सहकारी संचालन एकलौटी चलाएकाहरुले पनि समयमा राज्यको ध्यानाकर्षण गरेर हामिलाई बाहिर निकाल्यो भने हामिलेनै गरेको कमजोरी स्विकार्दै समधान पनि गर्ने भनी मौका कुर्दै अनुरोध गरिरहेका छन ।
सङसङ्गै सहकारिमा कार्यसमितिमै रहेका केही साथिहरु न कार्यबिधी आओस न नियमन निकायको चासो होस कुनै मतलब गरीरहेका छनन ।

मात्र फैसला कुरिरहेका छन ।

मैले किन तपाईं फैसलाको प्रखाईमा भन्ने प्रश्न उनिहरुमाथी राख्दा जबाफमा भन्छन , हामिले संस्थामा रहेर कुनै आर्थिक अपचलन गरेका छैनौ , ऋण लिएका छैनौ , कहाँ कति लगानी भएको छ कति ऋण छ भन्ने सम्मको पुरापुर जानकारी समेत छैन भने हामी मेलमिलापको बाटो जादा जस्ले गलत नियतले काम गरिरहेको छ उस्ले हामिलाई झनै तनाब सृजना गर्ने निश्चित भएकोले हामिले फैसला कुर्न नै उपयुक्त ठानेका छौ ।

हामिलाई पनि त न्याय चाइएको छनी ।

जवाफदेहीताको हकमा हामिले न्याय पाएको खन्डमा बचतकर्ताले पैसा फिर्ता पाउनको लागि निर्धक्क भएर हामिले गलत नियत राख्ने प्रती खुलेर दबाब दिन सकिन्छ भन्ने हाम्रो चाहाना हो ।

उसोत मैले जो सहकारिको उपल्लो तहमा रहेर वा सिस्टममा काम गर्ने साथिहरुको जिज्ञासा पनि बुझे । जस्मा थुप्रै समस्याहरु देखिए र थुप्रै समस्या समधानको उपाएहरु पनि पाएको छु । जहाँ समस्या छ त्यहा समधानको बाटो पनि हुन्छ भने जस्तै सहकारिको थुप्रै समस्याको समधान भनेको सहकारिका संचालक , लेखा समिती, बचतकर्ता, ऋणीहरु बाट नै यस्को समस्याक समधान हुन्छ । र यस्को समधानको लागि राज्यले सकारात्मक ढङ्गले पहलकदमीमा शिघ्र अग्रसरता देखाउनुपर्ने आजको आबश्यकता हो ।

देश भरी करिव २९०००(उनान्तिस हजार) भन्दा बढी सहकारी मध्य करिव ९०० सहकारिमा मात्र समस्या देखिएको छ । त्यो पनि बचतकर्ताको बचत फिर्ता गर्न नसकेको समस्या बाहेक अन्य समस्या भने होइन । केही समस्याहरु कसरी भए भन्ने कुरा हामी सबैले जान्न जरुरी पनि छ ।

१. मर्म बिपरित संचालन
सहकारी सस्था भन्ने बित्तिकै संस्थागत ढ्ङ्गले चल्नुपर्छ । संस्थाको नियमकानुन अनुसार संस्थामा जोडिएका सबैको सरसल्लाहमा हुनुपर्नेमा व्यक्तिगत ढङ्गले केही ब्यक्तिले कारोबार गर्नुनै प्रमुख समस्या बन्न पुग्यो ।

२. घर जग्गा लगानी
बचत तथा ऋण सहकारिले घर जग्गामा लगानी गर्न पाउने ब्यबस्था हुदैन र छैन तर अहिले समस्यामा आएका जतिपनी सहकारी मध्य धेरै सहकारिले मुनाफा छिटो आउने प्रोलोभनमा सहकारिमा बचत भएको पैसा घर जग्गामा लगानी गर्ने कुराले पनि थुप्रै सहकारी समस्या ग्रस्त हुनु परेको छ।

३. बित्तिय साक्षरताको कमि
सहकारी संस्था यस्तो संस्था होकि सहकारी संचालन गर्ने प्राय सबै सदस्यले कारोबार र संस्था संचालन प्रकृयामा जानकार हुन जरुरी पर्दछ । तर संचालक समितिमा प्रमुख ब्यक्तिहरुनै जानकार बेगर नै संस्था संचालन तहमा रहेर काम गर्नुले पनि सहकारिमा समस्या देखा पर्नुको कारण बनेको छ ।

४. अडिट प्रकृया
वार्षिक अडिट गर्ने र आन्तरिक अडिटमा फेरबदल गरि मिनाफा कमाउने वा मुनाफा देखाउने उद्देश्यले गरिने प्रबृत्ति जुन छ त्यस्लाइ ख्याल नगर्दा र वार्षिक अडिट गर्ने खराब मनसायले संस्था संचालनमा बसेकाहरुले आफ्नो खुसी कारोबार देखाउने खाल्को प्रकृयाले पनि सहकारी समस्या आउनुको कारण बन्न गयो ।

५. कर्मचारी
सहकारी संस्था एउटा कार्यसमिती बाट संचालित संस्था हो । प्राय सहकारिले कर्मचारिको मात्र भर पर्ने तर संचालक समितिका सदस्यहरु जनकार नहुने कुराले संस्थामा बचत कर्ताहरुको मर्म र ऋण प्रवाह गरिएको ठाउमा जबाफदेहिता कम महशुस गर्नाले पनि सहकारिमा समस्या देखिएको छ ।

यी र यस्ता अन्य थुप्रै समस्याहरुको कारण आज केही सहकारी समस्या आएको प्रष्ट बुझ्न सकिन्छ । समय मै संबंधित निकाय र चलिरहेका सहकारिले ध्यान नदिए भै रहेको समस्यामा झनै समस्या आउने सङ्गौ चलिरहेको सहकारिमा पनि समस्या नआउला भन्न सकिने अबस्था भने छैन । थुप्रै ठुला सहकारिबाट पुर्पक्षमा रहेका साथिहरुको कुराबाट यस्मा यो तरिकाले पनि केही हदसम्म समधान गर्न सकिन्छ र आगामी दिनमा यो तरिकाबाट निग्रानी गरेर सहकारी समस्या बाट टाढा रहन सकिन्छ भन्नेकुरा पनि बुज्न सकिन्छ ।

१ . संचालकहरु वा मुख्य जिम्मेवार ब्यक्तिको सम्पत्ति रोक्का गरि सदस्यहरुको निग्रानिमा संस्था संचालन गर्न लगाई बचत कर्ता हरुको पैसा फिर्ता गर्ने प्रकृया अगाडि बढाउने ।

२. संचालकहरु सबैको सम्पत्ती रोक्का गरि सरकारले निर्माण गरेको प्राधिकरणको मातहत बाट उक्त सम्पती नै धितो राखी ऋण दिएर सस्था पनि संचालन गर्ने र बिस्तारै बचत फिर्ता गर्ने तर्फ अघि बढ्ने ।

३. सहकारी संस्थाका छाता संघ हरु र केन्द्रिय संस्थाले सकारात्मक पहल कदम गर्ने

४. बचत कर्ताले हरेक महिना आफ्नो बचत रकमको रेखदेख भए नभएको सुचना पाउनको लागि वा अनुसन्धानको लागि निग्रानी समिती तय गर्ने

५. संस्थाको सम्पुर्ण कारोबार समयमै अनुगमन गरि कैफियत देखिएमा संचालक समितिलाई समयमै जानकारी गराउने लेखा समिती सकृय गराउने ।

संबंधित निकाय र संचालक समिती सहित बचतकर्ता , लगानिकर्ताले सहज बाताबरण बनाएर सरकारी तवरबाट पनि सकारात्मक टिप्पणी हुने हो भने ठुला कार्यबिधी र नियमन निकाय कुर्नुपर्छ भन्ने पनि हुदैन। माथी उल्लेखित सामान्य प्रयास बाटपनी केही हद सम्म सहकारिको समस्या समधान गर्न सकिन्छ ।

तत्कालिन अबस्थामा कानुनगत नितिमा बित्तिय निती बलियो नबन्दा र सहकारिलाई खुला छोड्दा थुप्रै समस्या आएतापनी यस्लाई तत्कालको लागि अलि सहज गराउने तर कानुनी प्रक्रिया लाई जटिल बनाएर सहकारी संचालन गर्ने र प्रमुख पिडामा परेका बचतकर्ताको पैसा छिटो फिर्ता गर्ने नितिमा अगाडि बढ्दा सहज हुने निश्चित नै छ ।

तर यहि सहकारिको नाममा राजनिती गर्न खोज्ने ,

सहकारिमा हिनामिना गर्ने प्रमुख पात्रलाई जोगाउने र अन्यलाई पनि एउटै गोलमोलमा पारेर फसाउने परिपन्च मात्र गरिरहने हो भने न त सहकारिको समस्या समधान हुन्छ न त आगामी दिनमा सहकारी प्रतिको हेर्ने दृष्टिकोण नै सकारात्मक बन्छ । अन्य थुप्रै मुद्दा भन्दा यो आर्थिक अपचलनको मुद्दालाइ फरक ढ्ङ्गले अगाडि बढाई यस्मा राजनिती भन्दापनि समस्या समधानको लागि वडाको जनप्रतिनिधि देखि सदनको संसद हुँदै मन्त्री प्रधानमन्त्री सम्मले गम्भीर भई समस्या समधानको लागि छिटो पहलकदमी गर्नु पर्ने आजको आबश्यकता हो।

Leave A Reply

Your email address will not be published.