सुचना, समाचार र मनोरन्जन

रसुवा बाढीले नेपालचीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध

काठमाडौँ,

नेपाल–चीन सीमामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर मंगलबार आएको भीषण वर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

भारी वर्षासँगै आएको बाढीले नेपाल–चीनमैत्री पुल पूर्णरूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायी मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ ।

Pach Pandav

मालसामान लिएर नेपालतर्फ आउँदै गरेका सयौँ कन्टेनर सवारीसाधन बाढीले बगाउँदा व्यापार–व्यवसायमा गम्भीर क्षति भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा छ।

‘गत मंगलबार आएको बाढीले मानवीय क्षतिसँगै भौतिक रूपमा पनि ठूलो क्षति गरेको छ । त्यस क्षेत्रमा हराइरहेकाहरूको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएर महत्त्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारु गर्न सरकारसँग आग्रह गर्दछौं,’ विज्ञप्तिमा छ ।

रसुवागढीको टिमुरे क्षेत्रमा तत्कालीन राहत व्यवस्थासँगै दीर्घकालीन संरचना निर्माण, वैकल्पिक पुल निर्माण तथा प्राविधिक पूर्वतयारी गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका नाका बन्द हुँदा आयात–निर्यातमा ठूलो असर पर्न सक्ने भन्दै चेम्बरले यस्ता जोखिमपूर्ण अवस्थाको दीर्घकालीन समाधानका लागि स्थायी संरचना र वैकल्पिक नाका व्यवस्थापनमा नीतिगत निर्णय गर्न सरकारसँग आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.