सुचना, समाचार र मनोरन्जन

चलचित्र ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक

काठमाडौं/

आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यस गीतका गीतकार तथा संगीतकार राजन राज शिवाकोटी हुन् भने गायनमा शिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतमा मौलिक नेपाली शब्दहरू प्रयोग गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफ़ी तथा राम कुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नृत्य रहेको छ । चलचित्रका निर्देशक मिलन चाम्सले यो गीत चलचित्रको प्रचार प्रसारको प्रयोजनको लागि तयार पारिएको बताए ।

यो चलचित्र महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको छ । निर्देशक चाम्सले चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको बताए।

sfal

चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

यस चलचित्रको भव्य वर्ल्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा भएको थियो, जसमा दर्शकले प्रशंसा गरेका थिए । यो चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुने निर्माता श्रेष्ठले बताए ।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.