सुचना, समाचार र मनोरन्जन

प्रशान्तको ‘सारंग’ को गीतमा दुई बालकको दोस्तीयारी

काठमाडौं :

माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’ मा समाबेश ‘तिमी नै हौ’ बोलको गीत रिलिज भएको छ। निर्माण टिमले बिहीबार ओएसआर डिजिटलबाट गीतको भिडियो सार्वजनिक भएको हो।

Pach Pandav

निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मको गीतमा दुई साथी–बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम,साथ,समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ। गीतमा देवेन्द्र बरालको स्वरमा रहेको छ भने शब्द सुमन सिंगलले रचेका हुन । फिल्मको संगीत शंकर थापा स्माइलको छ। गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन्। केही दिनअघि निर्माण टिमले फिल्मको टिजर समेत सार्वजनिक गरेको थियो। । जुुन टिजरले यतिबेला तारिफ पाइरहेको छ। गीत टिमले यसैको मौकामा बेलामा दर्शकमाझ ‘फ्रेन्ड सङ’ ल्याइएको हो।

फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन्। बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइने फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन्। पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन्। दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन्। फिल्मलाई देशभर स्टेशन ५ ले बितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.