सुचना, समाचार र मनोरन्जन

दयाहाङ राईको प्रतिष्पर्धी खोई ?

काठमाडौं :

नेपालमा यो वर्षका अधिकांश फिल्ममा अभिनेता दयाहाङ राई हाबी भए। उनको प्रतिष्पर्धीको रुपमा कुनै कलाकार आउन सकेनन्। त्यस कारण पनि होला उनको व्यस्तता उच्च छ । उनी आफ्नो फिल्मसँग आफै जुधिरहेका छन्। गत बैशाख १ गते उनी आफैसँग प्रतिष्पर्धामा उत्रिए। उनको फिल्म ‘जारी’ र ‘बिहे पास’एक साथ हलमा भिडेको थियो। जसमा उनको फिल्म ‘जारी’हिट भयो ‘बिहे पास’जारीको तुलनामा कमजोर बन्यो।

माघमा पनि उनी आफैसँग भिड्ने तयारीमा छन्। उनी अभिनीत फिल्म ‘दयारानी’ र ‘हात्तिछाप’ भिड्दैछन्। दुवै फिल्म एकसाथ रिलिज हुँदा दयालाई सफल र असफलताको जस व्यहोर्नुपर्ने छ।

दयारानीलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् भने लेखन पनि उनकै छ। श्रीमान् र श्रीमती बीचको पारिवारिक समस्याको कथालाई बोल्ने यो फिल्ममा दया र दिया पुनसँगै विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घलेलगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई कबड्डी शृङ्खला र जारी निर्माण गरेको बाँसुरी फिल्म्सले निर्माण गरेको हो ।

यो फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन, मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु, खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सूर्य प्रकाश गुरुङ र न्यू आइटी भेन्चरको सह निर्माण, रामबाबु गुरुङ र अपिल विष्टको निर्माण रहेको छ ।

यता, हात्तिछापमा पनि बलिया कलाकारले अभिनय गरेका छन्। दयाका अलवा सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले लगायतका बलिया कलाकारले अभिनय गरेका छन्।

दुवै फिल्ममा बलिया कलाकार भएकाले माघ २६ गते रोचक प्रतिष्पर्धा हुँदैछ। प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्ममा किरण नेपालीको प्रस्तुति रहेको छ। सरोज नेपालीको कार्यकारी निर्माता रहेको यो फिल्ममा पुष्कर गुरुङ र अमला देवी राईको लगानी छ। फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.