सुचना, समाचार र मनोरन्जन

‘डिग्री माइला’ ट्रेलरमा दयाहाङ राई ‘माइलाको अहंकार’

काठमाडौं :

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्मको ट्रेलरमा अभिनेता दयाहाङ राई डिग्री माइलाको भुमिकामा देखिएका छन्। उनी आफ्नो डिग्री पास प्रति निकै घमण्ड देखिएका छन्। साथै अभिनेत्री आंचल शर्मा र ऋचा शर्माको पनि मुख्य भूमिका रहेको छ।नाटक जनरामा आधारित यस फिल्ममा शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार र गाउँको स्कुलमा अंग्रेजी कमजोर भएपछि शिक्षकको खोजीकाबीचको उत्पन्ने परिस्थितिलाई देखाइएको छ ।

शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएकी अभिनेत्री शर्माले रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पर्खाइमा बसेको पूरा भएको बताइन् ।

उनले आफूलाई फिल्ममा लिनका लागि ‘पडकास्ट’ बाटै आग्रह गरेको थिएनी भन्दै उनले हँसाईन। आँचलले टिम वर्कका साथ काम गरेकोले राम्रो फिल्म बनेको दाबी गर्दै निर्देशक रामबाबु गुरुङको तारिफ गरिन् ।‘मलाई रामबाबु दाईसँग काम गर्ने यति मन थियो । पडकास्टबाटै मलाई फिल्ममा लिनु भनेको थिएँ,’उनले भनिन्,‘पडकास्टमा सुनेर नै मलाई लिएको त होइन नि ?’

ऋचा शर्माले पनि रामबाबुसँग काम गर्न आफुलाई इच्छा रहेको बताईन्। बाँसुरी फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।

यो फिल्मलाई ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई निर्माण टिमले ट्यागलाइन बनाएको छ। फिल्म शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन गरेका हुन् भने निमेष श्रेष्ठको सम्पादन छ।

Leave A Reply

Your email address will not be published.