सुचना, समाचार र मनोरन्जन

बाल–संघर्षको कथा बोल्ने ‘गौथली २’, दीपक शर्माको संगीतमा सार्वजनिक

काठमाडौँ :

सफल गीत ‘बालखैमा दिल बस्यो गौथली’ का संगीतकार तथा गीतकार दीपक शर्माले यसको दोस्रो भाग ‘बालखैमा दिल बस्यो गौथली २’ सार्वजनिक गरेका छन्। शर्माको शब्द र संगीतमा सुसज्जित गीत हालै निश्चल अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत बजारमा आएको हो।

शर्माको सिर्जनामा बालगायक निश्चल अधिकारीले स्वर भरेका छन् भने नरेन्द्र वियोगीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्। भिडियोमा बालकलाकार आलोक चौरेली र आयुषा ढकाले कथा वहन गर्दै प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्।

गीतमार्फत संगीतकार शर्माले गाउँबाट शहर पसेका बालकहरूले भोग्नुपरेका चुनौती, अवसर र सामाजिक यथार्थलाई कलात्मक ढंगले चित्रण गरेका छन्। भिडियोमा एक बालकले असहज परिस्थितिबीच पढाइ जारी राख्न गरेको संघर्ष र त्यसलाई सहज बनाइदिने एक पात्रको सहयोगलाई केन्द्रमा राखिएको छ।

शर्माको सिर्जनात्मक नेतृत्वमा तयार भएको भिडियो प्रहील कार्कीले निर्देश गरेका हुन्। काठमाडौँका विभिन्न स्थानमा गरिएको छायांकन राजेश घिमिरे र योगेन थापाले गरेका छन् भने सम्पादन माधव वेल्वासेको रहेको छ।

दीपक शर्माले निरन्तर सामाजिक यथार्थ र भावनात्मक कथालाई संगीतमार्फत प्रस्तुत गर्दै आएका छन्, र ‘बालखैमा दिल बस्यो गौथली २’ पनि सोही यात्रालाई बलियो बनाउने नवीन सिर्जना बनेको छ।

Leave A Reply

Your email address will not be published.