सुचना, समाचार र मनोरन्जन

छोरी जन्मिएपछि खुशी साट्दै दीपिका र रणवीर

एजेन्सी :

बलिउड अभिनेत्री दीपिका पादुकोणले एक छोरीलाई जन्मदिएकी छन्। उनले आइतबार छोरीलाई जन्म दिएकी हुन्। दीपिकाका श्रीमान अभिनेता रणवीर सिंहले छोरी जन्मिएको भन्दै खुशी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बधाईको ओइरो लागेपछि उनले सबैलाई धन्यवाद दिएका छन्।

Pach Pandav

भारतिय समाचारका अनुसार दीपिकालाई सुत्केरी व्यथा सुरु भएपछि शनिबार उनलाई दक्षिणी मुम्बईको एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो। उनले आइतबार विवाह छोरीलाई जन्म दिएकी हुन्। उनी अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि पूजाआजा गर्न रणवीरको साथमा सिद्धिविनायक मन्दिर पुगेकी थिइन्।

दीपिका र रणवीरले ५ वर्ष लामो प्रेम सम्बन्धलाई सन् २०१८ मा विवाहमा परिणत गरेका थिए। उनीहरुको पहिलो भेट फिल्म ‘गोलियोकी रासलीलाः रामलीला’को सेटमा भएको थियो भने ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’मा एकसाथ काम समेत गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.