काठमाडौं :
हास्य टेलिश्रृंखला ‘सक्किगोनी’बाट धमाधम कलाकारहरु बाहिरिन थालेका छन्। निर्माण टिमसँग चित्त दुखाउदै दीपक आचार्य (काकु)देखि धतुरे अर्थात सिपी पुडासैनी बाहिरिएका हुन्। यतिबेला धतुरे सक्किगोनी छाडेर मरिचमान श्रेष्ठको निर्देशनमा बनिरहेको ‘हल्ला रमाइलो’मा पुगेका छन्। हालै आफ्नो जन्मदिनमा उनले सक्किगोनीबाट बाहिरिनुको कारण खुलाए।उनले कलाकारहरुको इन्सुरेन्सको कुरा गर्दा नसुनिएपछि बाहिरिएको बताए।
‘हामी जति पनि कलाकारहरु छौँ। हामो इन्सुरेन्स हुनैपर्छ। किनभने सिन गर्दा गर्दै कुनै कोही मर्ला,के होला। मेरो माग त्यो थियो,’उनले भने,‘यो माग अघिल्लो टेलिश्रृंखला ‘भद्रगोल’बाट नै गरेको हो।’
उनले आफ्नो माग पुरा नभएपछि सक्किगोनी छाडे बताए। यति कुरामा मात्र उनी बाहिरिएको हो भन्ने कुरामा आम दर्शक पत्याउने अवस्था छैन। यसअघि पनि उनी पारिश्रमिकमा कुरा नमिलेर बाहिरिएका थिए। उनी बाहिरनुको यो पनि अर्को कारण हुन सक्छ।
उनको कुरा सुनेका मरिचमान (बल्छि धुर्वे)ले अर्कातर्फ फर्किएर लेडिज कलाकार हाँस्दै हो हो भन्दै सुनाउँछन्। धतुरे यसअघि आफ्नै हाँस्य टेलिश्रृंखला ‘क्या जमाना आ’मा लेखन तथा निर्देशन गर्दै आएका थिए। यो श्रृंखला चर्चामा रहेका बेला उनी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे’को टिमले निर्माण गरेको ‘भद्रगोल’मा मिसिएका थिए। उनले यसअघि पैसामा बार्गेनिङ गर्दै बाहिरिएर आफ्नै श्रृंखला‘क्या जमाना आ’चलाएका थिए।
उनी पछिल्लो समय ‘सक्किगोनी’मा छ्यासछुस देखिदै आएका थिए। तर दसैंको छेको पारेर उनले बल्छीका ‘हल्का रमाइलो’मा खेल्न थालेका थिए। यता दीपक आचार्य काकु श्रृंखलाबाट बाहिरिएपछि आफ्नै लेखन तथा निर्देशनमा फिल्म निर्माणको तयारप्मा जुटेका छन्। यता दीपक आचार्यले पनि आफ्नो कुरो नमिलेपछि बाहिरिएको संकेत गरेका छन्।