सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा १० करोड तिरेर ल्याइदै सोनुलाई : टिकट शुल्क नै एक लाख

काठमाडौं :

नेपाली कलाकारको डिमाण्ड बाहिरी देशमा खासै छैन। उही नेपाली समाजमा यताबाट गएकाहरुले गीत गाउने हुन्। नत्र नेपाली कलाकारलाई विदेशी नागरिकले पारिश्रमिक खर्चेर बोलाएको थाहा छैन।

तर भारतका सर्वाधिक सफल तथा चर्चित गायक सोनु निगमलाई १० करोड भन्दा महँगो पारिश्रमिक तिरेर बुधबार नेपाल ल्याइदैछ।क्रिसमसको अवसर पारेर काठमाडौंको हायत होटल अगाडिको चौरमा निगमले भव्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन लागेका छन्। पुसको १० गते अर्थात् क्रिसमस डेको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुँदैछ।

Exchange and test

सोमबार मिडियासँग आयोजकले कुराकानी गर्दै १० करोड भन्दा महँगो मुल्य तिरेर उनलाई नेपाल ल्याउन लागिएको हो। उनलाई हेर्नका लागि भिआइपी टिकक एक लाख राखिएको छ । उनीहरुले अगाडि सोफामा बसेर सोनुको कन्सट हेर्न पाउनेछन्। त्यो राउण्डमा ६ जनासम्म रहने आयोजकले जनाएको । त्यस्तै सेकेण्ड राउण्डका भिआइपीले १८ हजार तिरेर बस्नुपर्ने हुन्छ। तेस्रो राउण्डको सिटमा बस्ने दर्शकले ७ हजार तिर्नुपर्ने हुन्छ भने अन्तिमकाले ५ हजार टिकट शुल्क रहेको छ।

सोमबार मिडियासँगको कुराकानीमा आयोजकले हायात चौरमा १५ हजार जति दर्शक अट्ने अनुमान गरेको जानकारी दिए। उनका अनुसार अहिलेसम्म अधिकांश टिकट बिक्री भइसकेका छन्। आयोजकका अनुसार, निगमको कन्सर्टका लागि ७० प्रतिशत टिकट विक्री भइसकेको छ । नेपाली टच अष्ट्रेलीयाका संस्थापक तथा संगीतकर्मी राज के गोस्वामीका अनुसार, कन्सर्टलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी नराखिएको बताए।

कार्यक्रममा दर्शकका लागि ४ बजे गेट खुला गरिनेछ भनेसोनु निगमले ३ घण्टासम्म दर्शकलाई झुमाउने छन्। उनले नेपाली गीत तथा हिन्दी गीत गाउने छन्। सोनुले एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा हाल्दै आफु नेपाल आउन लागेको सुनाएका छन्। उनले नेपाली फिल्मका लागि गाएको गीत ‘उकाली ओराली गर्दै’लगायत हिट गीत गाउने छन्। सोनु निगम बुधबार मुम्बईबाट नेपाल आउनेछन् भने बिहिबार फर्किनेछन् । बुधबार राती १० बजे उनी स्टेज चढ्ने आयोजकको भनाई छ।

Leave A Reply

Your email address will not be published.