पोखरा/
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आगामी निर्वाचन माघ १८ गते हुँदैछ। परिषदको सदस्य पदमा दिपक रानाभाटले उम्मेदवारी दिएका छन । (AHLSPC No: 309) रानाभाटले आफ्नो अनुभव, जोश र दुरदृष्टि अगाडी सारेका छन । पेशागत विकास, गुणस्तर अभिवृद्धि र व्यवसायीहरूको हकहित सुनिश्चित गर्न उनले आफ्नो स्पष्ट नीति र योजना प्रस्तुत गरेका छन्।
रानाभाटले परिषदलाई थप प्रभावकारी, उर्जाशील र आधुनिक बनाउन निम्न लक्ष्य राखेका छन्:
१. पुराना एक गाउँ एक प्राविधिक स्थायी व्यवस्थापनको पहल:
सीमित प्रतिस्पर्धामार्फत प्राविधिकहरूलाई स्थायी हुने कानुनी प्रक्रिया कार्यान्वयन गर्न पहल गर्ने वाचा।
२. पशुपन्छी व्यवसाय सञ्चालनको कानुनी अधिकार:
परिषदमा दर्ता भएका व्यवसायीहरूलाई स्वतः व्यवसाय सञ्चालन गर्न पाउने कानुनी व्यवस्थाको सुनिश्चितता।
३. डिजिटल प्रणालीको प्रवर्द्धन:
परिषदका नीतिहरूमा निजी क्षेत्रको सहभागिता र अपनत्व वृद्धि गर्दै डिजिटल प्रणालीमार्फत सेवा प्रभावकारी बनाउने।
शैक्षिक र प्राविधिक सुधारका लागि प्रतिबद्धता
प्राविधिक पाठ्यक्रममा रहेको विभेद हटाउँदै प्रयोगात्मक शिक्षामा जोड दिने।

अध्ययन र अनुसन्धानको माध्यमबाट मध्यमस्तरीय व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्न वातावरण सिर्जना गर्ने।
पेशागत सुरक्षाका लागि कदम
निजी र प्राइभेट व्यवसायीहरूको हकहित र कानूनी सुरक्षाको सुनिश्चितता।
बेरोजगार युवालाई प्राथमिकतामा राख्दै रोजगारको अवसर सिर्जना गर्ने।
कानूनी समस्याहरू समाधान गर्न पैरवी गर्दै व्यवसायीहरूको अधिकार प्रवर्द्धन गर्ने।
दिपक रानाभाटको अनुभव र दृष्टिकोण
दिपक रानाभाटले व्यवसायीहरूको समस्यामा नजिकबाट काम गर्दै आएका छन्। उनले परिषदलाई समावेशी र सबैको अपनत्व हुने संस्थामा रूपान्तरण गर्न ठोस योजना तयार पारेका छन्।
दिपक रानाभाटको यो नेतृत्वले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूको अधिकार, सुरक्षा र भविष्य सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।