काठमाडौं :
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ‘डी एस ए स्टार २०२५ सिजन–१७’ को फिनालेमा विभिन्न विधामा बालबालिकाहरू विजयी भएका छन्। प्रतियोगितामा डान्स, सिङिङ र एक्टिङ विधामा प्रतिस्पर्धा गरिएको थियो, जसमा उत्कृष्ट प्रदर्शन गर्ने बालप्रतिभाहरूलाई विजेता घोषणा गरिएको हो।
मिनी डान्सिङ स्टारतर्फ म्यारी तामाङ विजेता बनेकी छन् भने शितल तामाङ, ग्रेसिका अधिकारी, एमिया अधिकारी, योजिना पुन मगर र आहाना भट्ट क्रमशः रनरअप बने। त्यस्तै जुनियर डान्सिङ स्टारमा रित्रिशा लम्गादेले शीर्ष स्थान हासिल गरिन् भने अनुराधा कुलुङ, दिलीसा थापा, सनिशा श्रेष्ठ, प्राश्ना केसी, आकांक्षा श्रेष्ठ, आरुसी आचार्य र एलिना मल्ल क्रमशः रनरअप बने। प्री-टिन डान्सिङ स्टारतर्फ सिवानी गुनी विजेता घोषित भइन् भने गौरव ढकाल, आरभी लम्साल, आजु कुश्मा, रियान श्रेष्ठ, उपासना लामिछाने, साईना दियाली र सरिष्मा दराई रनरअप बने।
जुनियर सिङिङ स्टारमा क्यारेन गुरुङ विजेता बनिन् भने आँचल पुन, प्रिएन्स केसी, सृष्टि क्षेत्री र मायुरा सुनार क्रमशः रनरअप बने। प्री–टिन सिङिङ स्टारको उपाधि सुलभी श्रेष्ठले जितिन् भने संस्कार सापकोटा, स्वइच्छा गुरुङ र महिम पाण्डे क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे। एक्टिङ स्टार विधामा अच्युत अधिकारी विजेता घोषित भए भने अन्वेषा धिताल, राडर सिलवाल र आहाना अधिकारी रनरअप बने।
कार्यक्रममा कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेका थिए। निर्णायकका रूपमा गायिका देविका बन्दना, एडमाएर नेपालकी अध्यक्ष नीता पौडेल र साउथवेस्टन स्कुलका प्रिन्सिपल डा. रमेश अधिकारी उपस्थित थिए। कार्यक्रमको प्रमुख आतिथ्य निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले गरेका थिए।
हर्लिसको प्रमुख प्रायोजन रहेको प्रतियोगितामा नेपाल वायु सेवा निगमको सहयोग रहेको थियो। परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरका अनुसार फिनालेअघि ३१ दिनसम्म १०४ जना बालबालिकालाई काठमाडौंको लिंकन स्कुल र एन्जल हार्ट सेकेन्डरी स्कुल, तार्केश्वरमा प्रशिक्षण दिइएको थियो। उनका अनुसार विजेताहरूले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसँगै सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।
कार्यक्रमका विशेष अवसरमा गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई ‘राष्ट्रिय स्रष्टा सम्मान २०८२’ प्रदान गरिएको थियो। परिवर्तन इभेन्ट हाउसका निर्देशक राज बराइलीले बालबालिकाको प्रतिभा उजागर गर्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए।