सुचना, समाचार र मनोरन्जन

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

काठमाडौँ,

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।

उनका अनुसार कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरू मध्ये करिब ४ सय जना मात्रै कोरिया गएका छन् । झन्डै ३ हजार भन्दा बढी अझै जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्रै बाँकी रहेक छ ।

सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको उनले बताए । आफूहरूको माग पूरा नभएसम्म ईपीएस कोरिया शाखामा धर्ना जारी राख्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.