सुचना, समाचार र मनोरन्जन

दुई तिहाइ अहंकारको बेलुन फुटिसक्यो: प्रचण्ड

काठमाडौँ,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसद्बाट प्रचण्डले यस्तो बताएका हुन् ।

एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भनेका छन् ।

हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हावी भएको आरोप लगाउँदै उनले भने, ‘जनताले सेवा प्रवाह सहज रुपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका छन् ।’

प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए ।

Leave A Reply

Your email address will not be published.