सुचना, समाचार र मनोरन्जन

फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक

काठमाडौं : यही माघ २५ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार युटुबमार्फत गीतको भिडियो रिलिज गरेका हुन्। यस गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत रहेको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले नाँचेका छन्। विशेषत विवाहमा महिलाहरुले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत कुनै घरको आँगनमा खिचिएको छ।

Pach Pandav

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मले बाल विवाह, अनमेल विवाह, महिला हिंसालगायतका विषयलाई उठान गरेको छ । दीपकप्रसाद घिमिरेले निर्माण गरेको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ।फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त,पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.