सुचना, समाचार र मनोरन्जन

बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६मा सरिता र प्रवणको ‘द चेन्ज’

काठमाडौँ :
बंगलादेशको बेगुरा सहरमा आगामी जनवरी ६ देखि १० सम्म आयोजना हुने छैटौँ ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबल २०२६’ (BIFFS) का लागि नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) आधिकारिक रूपमा चयन भएको छ। महोत्सवको ‘इन्टरनेशनल ओपन डोर’ समूहमा छनोट भएको यो लघु फिल्म नेपाली सामाजिक विषयवस्तुलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याएको छ।

डब्बु क्षत्री निर्देशित ‘द चेन्ज’ यसअघिको ग्रामिण फिल्म फेस्टिवलमा समेत उत्कृष्टता प्रदर्शन गरिसकेको छ। त्यहाँ फिल्मले तीन महत्त्वपूर्ण विधामा पुरस्कार जितेको थियो— डब्बु क्षत्री (उत्कृष्ट निर्देशक), प्रवण भुसाल (उत्कृष्ट अभिनेता) र सरिता भारती (अभिनेत्री जुरी अवार्ड)।

२१ मिनेटको फिल्म नेपाली समाजमा अझै विद्यमान महिनावारीसँग सम्बन्धित छुवाछुत, भान्सा–पानीमा रोक, तथा पुरुषलाई छुन नहुनेजस्ता कुरीतिमाथि केन्द्रित छ। यसले त्यसले सिर्जना गर्ने मानसिक, सामाजिक र पारिवारिक असरलाई कथामा उठाएको निर्माण पक्षले जनाइएको छ।

‘द चेन्ज’मा अभिनेता प्रवण भुसाल र अभिनेत्री/गायिका सरिता भारती प्रमुख भूमिकामा छन्। साथै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा र सुरज अधिकारीको पनि अभिनय रहेको छ। फिल्मको छायांकन रामशरण उप्रेती, सम्पादन वीरन्द्र भाट ‘विपिन’ र पाश्र्वसंगीत ओम सुनारले गरेका हुन्। बिलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको फिल्म अब बोगुराको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धा गर्नेछ।

Leave A Reply

Your email address will not be published.