
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा
- हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
- प्रहरीमा कार्यकारी हस्तक्षेप: सुशासनको दाबीमा स्वेच्छाचारिताको प्रहार
- आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
- राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
- आज सुनचाँदीको मूल्यमा गिरावट
- नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी
- पर्वतको पाखादेखि लण्डनको छातीसम्म: आदर्श तमु शान्तकुमार गुरुङको निष्ठा, शूरवीरता र परोपकारको अमर गाथा
‘परान’ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल
काठमाडौँ :
यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ।
वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देव राज कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले परानप्रति देखाएको चासो प्रसंशा योग्य छ । नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ। कार्कीका अनुसार ‘परान’ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ।
साथै ३० भन्दा बढी शोसहित अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ। चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार अस्ट्रेलियाको पहिलो चारदिनको बक्स अफिसको कलेक्सनका आधारमा ‘परान’ छैंठौं स्थानमा परेको छ। अस्ट्रेलियामा ‘परान’ बलिउड र हलिउड फिल्महरुका बिचमा प्रदर्शन भइरहेको छ। यसरी हेर्दा ‘परान’ले अस्ट्रेलियाको बक्स अफिसमा यो साता पार गर्दैगर्दा १ लाख अस्ट्रेलियन डलरको आम्दानी पार गर्ने आंकलन गरिएको छ।

नेपालको बक्स अफिसमा फिल्मको कमाइ हालसम्म १४ करोड नाघेको छ। चौथो शनिबारसम्म फिल्मले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ। फिल्मले चौथो शनिबार पनि १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो। फिल्म कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। रिलिजअघि फिल्मलाई उच्च व्यापार गर्न सक्ने फिल्मका रूपमा हेरिएको थिएन।
दिपक प्रसाद आचार्य निर्देशीत ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द,केकी अधिकारी,अन्जना बराइली,प्रबिण खतिवडा,महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ।