सुचना, समाचार र मनोरन्जन

गण्डकी कोटिहोम महायज्ञमा आजदेखि नेपालकै कान्छी वाचिका अनुराधा पाण्डेयले कथा वाचन गर्ने

पोखरा/

पोखरा महानगरपालिका वडा नं १७, बिरौटामा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजदेखि नेपालकै कान्छी दस वर्षिया कथा वाचिका अनुराधा पाण्डेयले भागवत बाचन गर्ने भएकी छिन । बिहिवार मात्रै भारतबाट नेपाल उनले दिउँसो १ बजेदेखि कथा वाचन गर्ने मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जानकारी दिएको छ। उनी वैशाख ५ गतेसम्म पोखरा रहनेछिन्।

महायज्ञ अवधिभर शंकराचार्य, जगद्गुरु, साधुसन्त, महन्तसँगै विभिन्न देशबाट प्रसिद्ध कथा वाचक र वाचिकाहरूको आगमन हुने कार्यक्रम तय गरिएको छ। यस विराट आयोजनामा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण, हनुमान कथा, श्रीमद् देवीभागवत कथा वाचन गरिनेछ। साथै, लाखौँको विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलन, लाखौँ रामनाम पुस्तिका वितरण, एक करोड शिवलिङ्ग स्थापना र एक करोड बेलपत्रद्वारा पूजन गरिने जनाइएको छ।

त्यस्तै, राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघ–संस्थाको सम्मेलन, ११ हजार कलश पूजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजारभन्दा बढी स्रष्टा सम्मान, शालिग्राम पूजन, चित्रकला प्रतियोगिता, रक्तदान, साथै तन्दुलाञ्चल र धान्याञ्चल पर्वत निर्माण, धार्मिक वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरू समेत आयोजना गरिने छन्।

Leave A Reply

Your email address will not be published.