सुचना, समाचार र मनोरन्जन

‘मातृभूमि’ निर्माण गर्दै कविता राई लिङ्देन

काठमाडौं :

फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएको छ। फिल्ममा कविता राई लिङ्देन निर्माता छिन्। दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बोको अभिनय रहनेछ।

निर्देशक लिङ्देनले फिल्मको कथा नेपालको विभित्र जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने बताए । उनका अनुसार फिल्मको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ। नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको फिल्ममा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह–निर्माता छन्।

फिल्ममा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व, जनक कार्कीको नृत्य, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ। फिल्ममा दावा रिन्जिङ शेर्पाको निर्माण व्यवस्थापन, नवराज केसीको अन्तर्राष्ट्रिय व्यवस्थापन रहनेछ।

Leave A Reply

Your email address will not be published.