काठमाडौं :
शहरमात्र होइन, गाउँघर पाखा पखेराले चिनेको, हरेक दिन दुखियाहरुको आफ्नै कथा व्यथा बोलिदिने मनोरञ्जनसंगै सामाजिक सन्देशमूल सिरियल ‘घर संसार’ रिलिज भएको छ। हिजो बिहीवार देखि कान्ति भैरब मिडिया युटूव च्यानल मार्फत प्रसारण हुन थालेको हो। घर संसार प्रत्येक बिहीवार साँझ प्रसारण हुने निर्माण पक्षले जनाएको छ।
तीन दशक देखि नेपाली फिल्म क्षेत्रमा कृयाशिल निर्माता, निर्देशक रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘घर संसार’ मा मञ्जु श्रेष्ठ, रामभक्त श्रेष्ठ, शिवन श्रेष्ठ, रबि खड्का, दिपक खड्गी, बिक्रम दोङ्ग, नियुक्ती शेर्पा,सुस्मिता बु्ढाथोकी, सुनिता थापा, सुपा खनाल, सत्य श्रेष्ठ, श्याम श्रेष्ठ, कुमार श्रेष्ठ, कृष्ण श्रेष्ठ लगायतको अभिनय रहने छ। त्यस्तै प्रज्वल राउत ‘गोकुल’को छायांकन, बिक्रम दोङ्गको निर्माण, बिवेक दोङ्गको टाइटल गीत रहने छ।