सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो, तीनलाख नजिक

काठमाडौँ,

नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा भूराजनीतिक कारणले सुनचाँदीको मूल्य प्रभावित भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.