सुचना, समाचार र मनोरन्जन

६८ दलले गराए उम्मेदवारहरूको मनोनयन दर्ता

काठमाडौँ,

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६८ दल सहभागी हुने भएका छन् । यी दलहरूबाट मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये २३५ महिला,२ हजार ६४ पुरुष र १ जना अन्य छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कूल ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ३८५ महिला,३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता भट्टराईले बताए ।

Leave A Reply

Your email address will not be published.