
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विवेक थापाले ‘जेरी अनटप’पछि ‘बाटुलो जुन’मा गरे करोड लगानी,दुवै फिल्मले गरे लगानी सुरक्षित
- नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र
- महेश त्रिपाठी र सिम्रन खड्काको मुख्य भूमिका रहने ‘छायाँको जीत’को शुभमुहूर्त
- लभस्टोरी कथा बन्ने भयो ‘मोहनी’,आशिर्वाद र सनिशाले थाले चितवनमा सुटिङ
- घाउमा मलम, जीवनमा उज्यालो : हरियो खर्कको ७४ वर्षे महायात्रा
- सुब्रतको ‘पच्चीस पच्चीस’को कलाकारको लाइनअप पूरा,कहिले जाला सुटिङमा
- आरयू फेस्टको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा, फोहोरबाट उद्यम र रोजगारी सिर्जनामा जोड
- फालिएका कपडाबाट बन्यो १४ फिट अग्लो ‘रुरु द जायन्ट टेडी बियर’
- प्रथम ‘किङ्स कप’ भलिबलको तयारी तीव्र, विजेतालाई ४ लाख पुरस्कार
- बालविवाहविरुद्धको कानुनमा नीतिगत सुधार गर्नुपर्नेमा जोड, पुनःपरिभाषित गर्न आग्रह
सुन तोलामा चौध हजार छ सयले बढ्यो
काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो ।
गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।