सुचना, समाचार र मनोरन्जन

ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सन सुरु,संगीतमा अर्जुन अनुबन्धित

काठमाडौं :

व्यवसायिक रुपमा हिट भएको फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ। निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट फिल्मको सिक्वेलको कामलाई अघि बढाएका छन्। उनले सोमबार संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि(प्रोडक्सनको शुभारम्भ भएको बताए।

Chaka Panja

अघिल्लो फिल्मका मुख्य कलाकार अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजाको भनाई छ। उनले पुराना कलाकारलाई नै निरन्तरता दिदै एक अभिनेता र एक अभिनेत्री थपिने उनको भनाई छ। उनले फिल्मको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो । सोही बिन्दुबाट सिनेमाको सिक्वेलको कथाको उठान गरिने बताए। उनी आफै यो फिल्ममा लगानी गर्दैछन्।

कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने फिल्मको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन्। बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको यो फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ। फिल्ममा २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ।

Leave A Reply

Your email address will not be published.