सुचना, समाचार र मनोरन्जन

हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ

काठमाडौँ :

यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को प्रचारप्रसारलाई व्यापक पारिएको छ। निर्माण टिमले उपत्यका बाहिर पनि प्रचारप्रसारलाई व्यापक बनाएको हो।

फिल्मको प्रचारप्रसार स्वरुप नेपालको पुर्वी जिल्ला झापा,मोरङ,सुनसरी लगायत जिल्लापछि निर्माण टिम पश्चिम पुगेको छ। अहिले पश्चिम जिल्ला दाङ,नेपालगञ्ज,धनगढीमा पनि निर्माण टिमले हलीको प्रचारप्रसारलाई तिब्रता दिएका छन्। त्यहाँ रहेका यातायातका सवारीसाधन अटो,ई–रिक्सा लगायतमा हलीको पोस्टरले ढाकिएको देख्न सकिन्छ। सयौँ रिक्साले आफ्नो दायाँबाया तथा पछाडी हलीको पोस्टर बोकेर दौडिरहेको देख्न सकिन्छ।

यस फिल्मका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले फिल्मको प्रचारप्रसारलाई व्यापक पारिरहेको बताए। दुवै जनाले दर्शकमाझ आफ्नो फिल्म प्रदर्शनमा आउन लागेको जानकारी दिन यसरी प्रचारप्रसारलाई अगाडि बढाएको सुनाए।पूजाले भनिन्,‘अहिले फिल्मको प्रचारप्रसार कसरी गर्न सकिन्छ भन्ने हो। दर्शकमाझ फिल्मको प्रचारप्रसार नगरे त दर्शक कसरी हलमा आउने। फिल्म साउन २२ गते लाग्दैछ भन्नका लागि पनि हामीले सकेजति फिल्मलाई दर्शकमाझ पुर्याउने कोसिस गरिरहेका छौँ।’

Pach Pandav

केहि दिनअघि प्रचारप्रसार स्वरुप काठमाडौँस्थित सिटी सेन्टरमा रहेको बिग भुमिजमा विशेष शोको आयोजना पनि गरिएको थियो। उक्त विशेष शोमा उपस्थित भएका दर्शक तथा फिल्मकर्मीहरूबाट यो फिल्मलले उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो। यस फिल्मलाई हिट निर्देशक ओम प्रतीकले निर्देशन गरेका हुन्। लगानी निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको छ।

छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुव्र्यवहारलाई मुख्य विषयवस्तु बनाइएको यस फिल्मको ट्रेलर, प्रमोशनल गीत र पोस्टरले यसअघि नै दर्शकमाझ राम्रो चर्चा कमाइसकेको छ। सामाजिक एवं देशगत परिवर्तनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने बलियो सन्देश फिल्म हो। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

लेखन स्वयं निर्देशक ओम प्रतीकले गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। यस फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित शीर्ष कलाकारहरूको विशेष नृत्य देख्न सकिन्छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ। निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा गायक बाबुल गिरी र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत चलचित्रमा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल  रहेको छ।

Leave A Reply

Your email address will not be published.