सुचना, समाचार र मनोरन्जन

सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब पोखरा बजारमा

काठमाडौं :

सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क पोखरा बजारमा उपभोक्ताको लागि उपलब्ध भएको छ। यस कम्पनीले उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको हो।

Pach Pandav

कम्पनीका अनुसार पोखरा बजारमा सफल ह्याप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ। यस दुधको प्रत्येक प्याकेट क्रिमयुक्त छ। यसले सम्पुर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीको भनाई छ।

दुधमा न्युनतम ३.५% FAT र न्युनतम ७.५% SNF हुने हुँदा सजिलै पचाउन सकिन्छ । कम्पनीका अनुसार  सफल ह्याप्पी काउ मिल्क S.N.F र FAT को पुरै सन्तुलन मिलाईएको हुन्छ। जस कारण यो Tastier, Creamier Healthier छ। यो दुधमा शरिरलाई चाहिने Calcium, Protein र Vitamin का साथै अन्य मिनिरल पूर्ण रुपमा पाईन्छ। जसले गर्दा  पौष्टीकता पाउनुको साथ साथै शरिरलाई स्वस्थ राख्न मद्दत गर्दछ।

हिन्दु रितिरिवाज अनुसार धार्मिक कार्य जस्तै  भगवानलाई अर्पण गर्न , पंचाम्रित बनाउन , त्यसैगरि अन्य शुभ कार्य जस्तै विवाह, ब्रतबन्ध र पुजाका कार्यहरुमा पनि सफल सफल ह्याप्पी काउ मिल्क को  प्रयोग गरिन्छ।  सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० ml को पाउचमा उपलब्ध छ। यस्को अधिकतम विक्री मूल्य रु. ६० तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.