सुचना, समाचार र मनोरन्जन

अभिनेता गजमेरको निर्देशनमा हरी र मोनिका

काठमाडौं :

लामो समय देखि जापानमा आफ्नै होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका हरी पाण्डे यतिबेला म्युजिक भिडियोमा व्यस्त छन्। दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेका हरी पाण्डे हिजो सोमवार गोदावरी वरपर छायांकन भएको हिन्दी गीतको सुटिङमा व्यस्त भएका हुन्।

Pach Pandav

सन्तोष सुनारको स्वर, राज गजमेरको निर्देशन रहेको भिडियोमा हरी पाण्डेलाई मोडल मोनिका बुढाथोकीले अभिनयमा साथ दिएकी छन् भने आगामी साता भिडियो सार्वजनिक गरिने निर्देशक गजमेरले बताए।

आधा दर्जन चलचित्र र केही म्युजिक भिडियोमा अभिनय गरिसकेका राज गजमेर अभिनित रेशम चौधरी र आभा मुकारुङको स्वर रहेको भाइरल गीत ‘कस्तो होला भाटु राजाको दरबार’ भिडियो केही समय पहिले चर्चामा थियो ।

Leave A Reply

Your email address will not be published.