सुचना, समाचार र मनोरन्जन

दाउन्ने खण्डको सडकमा दिउँसो एक बजेसम्म यातायात सञ्चालनमा रोक

नवलपरासी/

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो ।

Pach Pandav

भासिएको ठाउँमा मर्मतका लागि आज दिउँसो एक बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उहाँले जानकारी दिए । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.