काठमाडौं :
हरिवंश आचार्यको मुख्य भुमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ २९ औँ दिनमा प्याकअप भएको छ। निर्माण टिमले सोमबार तीनवटा गीतबाहेकको छायांकन पूरा भएको जनाएको हो। गत माघ २१ गते काभ्रेबाट छायांकन सुरु भएको थियो।
आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका छन्। हरिवंशले नै लेखेको यो फिल्ममा उनकै छोरा मोहितबंश आचार्य निर्माताको रुपमा रहेका छन्। मोहितका अलवा निर्मातामा गायक तथा गीतकार सरोज ओली पनि रहेका छन्।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंशसहित प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, मुरलीधर, राजाराम पौडेल, किरण केसी, रोशनी सापकोटा, दिव्य देव, तारा शर्मा लगायतको अभिनय छ। कृष्ण बहादुर थापाले फिल्मलाई छायांकन गरेका हुन्। निर्माता ओली र हरिवंश आचार्यले निकै गीतको भिडियोमा समेत सहकार्य गर्दै आएका छन्। त्यस कारण फिल्ममा पनि उनीहरुले सहकार्य गरेका हुन्।