सुचना, समाचार र मनोरन्जन

चितवनको बेलहट्टामा हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गयो

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गए राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरतको ज्यान गएको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ ।

Leave A Reply

Your email address will not be published.