Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ग्राहमको मृत्युलाई लिएर इरानमा उत्तेजक सन्देश, ट्रम्प र इजरायली नेतृत्वलाई लक्षित धम्की
- सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता
- प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
- भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु
- बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
- गैससहरुका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड
- नेपाली अचारको स्वाद विश्वभर फैलाउँदै ‘हरिलो’
- कैलालीका नदीमा डल्फिनको चहलपहल
- विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे
- राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत
ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै सेवा दिन थालेपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै आएका ज्येष्ठ नागरिकलाई राहत पुगेको छ ।
वडा कार्यालयले आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरी टोल–टोलमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गर्न थालेको हो । ज्येष्ठ नागरिकमा बढी देखिने उच्च रक्तचाप, मधुमेह, स्वासप्रश्वाससम्बन्धी, ग्यास्ट्रिकलगायत नसर्ने रोगको परीक्षण र उपचार घर नजिकैबाटै हुन थालेपछि उनीहरु लाभान्वित भएका छन् ।
आधारभूत स्वास्थ्य चौकीका प्रमुख हरि नाथका अनुसार वडा कार्यालयले दुई वर्षदेखि निरन्तर बजेट व्यवस्था गरेपछि कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ । हाल वडाका चार टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिँदै आएको छ । प्रत्येक महिनाको २१, २२ र २३ गते टोलमै पुगेर नसर्ने रोगको पहिचान, उपचार, औषधि वितरण तथा जटिल प्रकृतिका बिरामीलाई अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गर्नेलगायत काम हुँदै आएको छ ।
स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई नसर्ने रोगबाट बच्ने उपाय, नियमित औषधि सेवन, सरसफाइ, व्यायाम तथा पोषणयुक्त सन्तुलित भोजनको प्रयोगबारे परामर्श दिने गरिएको स्वास्थ्यकर्मी नाथले बताउनुभयो । नियमित परीक्षणका कारण रोग समयमै पहिचान गर्न र नियन्त्रणमा राख्न सहयोग पुगेको उहाँको भनाइ रहेको छ ।
वडाध्यक्ष चक्रबहादुर खडकाले ज्येष्ठ नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि पनि टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार वडाबाट बजेटको व्यवस्था गरी स्वास्थ्यकर्मी परिचालन गरिएको र हालसम्म २५० भन्दा बढी ज्येष्ठ नागरिक यस कार्यक्रमबाट लाभान्वित भएका छन् । घर नजिकै स्वास्थ्य परीक्षण र औषधि सेवा पाउन थालेपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।
Next Post