Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- महाकुम्भकी भाइरल युवती मोनालिसाले मुस्लिम प्रेमीसँग गरिन् विवाह, परिवारको विरोधपछि प्रहरीसँग मागिन् सुरक्षा
- रास्वपाबारे अभिव्यक्तिले विवादमा तानिए राजेश हमाल
- ६० शो सहित यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को बुकिङ खुला
- ‘गाउँ आएको बाटो’ देखाउँदै चैत ६–७ मा भक्तपुर फिल्म फेस्टिभल सुरु गरिदै
- ‘राम नाम सत्य’को एक्सनले भरिएको टिजर, विराजको एङ्ग्री अवतार
- स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह
- राष्ट्र बैंकले कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन गर्दै
- नेप्से परिसूचक २३ अङ्कले वृद्धि
- पार्टीको चुनाव समीक्षा बैठकको क्रममा ढलेका पोखराका पूर्वमेयर कृष्ण थापाको निधन
- अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
तीन दिनदेखि कालीगण्डकी ‘करिडोर’ ठप्प
बागलुङ,
अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन आइतबार दिनभर दुई स्काभेटर प्रयोग गरे पनि पहिरो ठूलो भएकाले अहिलेसम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
उक्त खण्डमा यातयता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ । ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर आज बिहानैदेखि पहिरो पन्छ्याउने काम पुनः थालिएको छ ।
