सुचना, समाचार र मनोरन्जन

मनसराका निमार्ताले घोषणा गरे ‘पोखरेली मसिनो’

काठमाडौं :

गत वर्ष फिल्म ‘मनसरा’निर्माण गरेका शैलेन्द्रध्वज कार्कीको निर्देशनमा डेब्यु गर्ने भएका छन्। उनको डेब्यू निर्देशनमा बन्ने फिल्म ‘पोखरेली मसिनो’राखिएको छ।
छायांकार समेत रहेका शैलेन्द्रले धानको विम्व बनाएर फिल्म बनाउन लागेका हुन् । यो फिल्मको छायांकन बुधबारदेखि पोखरामा सुरु हुनेछ। फिल्ममा शैलेन्द्रकी पत्नी शान्ति गिरीको पनि निर्देशन रहने निर्माण पक्षको भनाई छ। यस फिल्ममा शान्तिकै पटकथा छ।

३० दिनको सेड्यूल राखिएको यो फिल्ममा ‘मनसरा’कै अभिनेता प्रवीण खतिवडाका साथमा टीका पहाडी,परिक्षा लिम्बु,अविरल प्रताप अधिकारी,अनिल सुब्बा,अंकित खड्का,सजन थापा,अभय बराल,हिउँवाला गौतमको अभिनय रहनेछ। कालिप्रसाद बाँस्कोटाको संगीत रहने फिल्मले बाउ छोरीको कथा भन्ने निर्माण पक्षको भनाई छ।

Leave A Reply

Your email address will not be published.