सुचना, समाचार र मनोरन्जन

‘बोक्सीको घर’पछि केकीको नयाँ प्रोजेक्ट ‘स्टेशन’,भदौ १९ मा रिलिज

काठमाडौं :

नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन्। उनले ‘स्टेशन’ शीर्षकको चलचित्र निर्माण गर्न लागेकी हुन्।

“वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ। तर, सपनाको रंग उस्तै रहन्छ। त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– ‘स्टेशन’,” केकीले सामाजिक सञ्जाल Facebook मा लेखेकी छन्।

उनले अगाडि लेखेकी छन्, “हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं। बदलिएको समयमा फरक कथा लिएर आउनेछौँ।”

चलचित्र आगामी भदौ १९ गते रिलिज हुने जानकारी पनि उनले दिएकी छन्। गत वर्ष सफल चलचित्र ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन्। ‘स्टेशन’लाई सुलक्षण भारती ले निर्देशन गर्नेछन् भने कथा पनि निर्देशक स्वयंले लेखेका हुन्। चलचित्रका निर्माता बद्री अधिकारी रहेका छन्।

केकी अधिकारी फिल्म्स को ब्यानरमा बन्ने यस चलचित्रको थिम पोस्टरसमेत सार्वजनिक गरिएको छ। पोस्टरमा पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिए पनि के हो भन्ने स्पष्ट छैन। यसले चलचित्र सामाजिक ड्रामामा आधारित हुने संकेत गरेको छ। चलचित्रमा अभिनय गर्ने कलाकारबारे भने हालसम्म केही खुलाइएको छैन। कलाकार तथा प्राविधिक टोलीबारे चाँडै जानकारी दिने निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.