सुचना, समाचार र मनोरन्जन

नीतिको डेब्यु फिल्म ‘खजुरे ब्रो’को मंगलवार सांझ काठमाडौँमा ग्राण्ड प्रिमियर 

काठमाडौँ :

अभिनेत्री तथा मोडल नीति शाह अभिनित पहिलो फिल्म ‘खजुरे ब्रो’को काठमाडौंमा भव्य प्रिमियर गरिएको छ। मंगलवार सांझ काठमाडौँको सिभिल मलमा अवस्थित क्यइफइक्समा ग्राण्ड प्रिमियर भएको हो।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विभिन्न सेलिब्रेटीको उपस्थिति रहेको थियो उनीहरुले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए। यस फिल्ममा नीतिका अलवा महेश त्रिपाठी,रेअर राई,नवीन मानन्धर,पुस्कर कार्की,बिनिता थापा मगर,शान्तिला लगायतका कलाकारले अभिनय गरेका छन्।

यहि बैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने यस फिल्मलेसाथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्छ।  सवा दुई घण्टको फिल्मले दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माण पक्ष विश्स्त देखिएको छ। पछिल्लो समय नेपालमा सहकारी ठगको चर्चा चलिरहेको बेला यसमा पनि उहि विषयलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको छ।

काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीका विभिन्न स्थानमा छायांकन भएको फिल्ममा धरानको स्थानीय कला तथा मौलिक लवजलाई विशेष तरिकाले प्रस्तुत गरिएको छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो। नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन्।

रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ। डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ। यो फिल्म आज बुधवार धरानमा प्रिमियर हुँदैछ।

Leave A Reply

Your email address will not be published.