सुचना, समाचार र मनोरन्जन

‘तिमी आईदेउ’ भन्दै आइन् ‘सकम्बरी’ की कुशुम शर्मा

काठमाडौं :

कुशुम शर्मा र दिपक भुजेलको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण रोमाण्टिक गीत ‘तिमी आईदेउ’ सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलको रहेको छ। गायक भुजेलका अनुसार यस गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न गरिएको हो। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

Pach Pandav

उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। केशब राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक भुजेलको जन्मदिनको शुभ अवसर पारेर गायक भुजेलको च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

Leave A Reply

Your email address will not be published.