सुचना, समाचार र मनोरन्जन

जिग्रीपाँडेको फिल्म ‘लाज शरणम्’को पोस्टरमै चर्चा

काठमाडौं :

सक्किगोनी टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को पोस्टरको पोस्टर सार्वजनिक भइसकेको छ। यो पोस्टरमार्फत निर्माण टिमले आफ्नै शैलीको कमेडी र कथा एकसाथ भन्न खोजेका छन्।

‘लाज शरणम्’को टिमले सार्वजनिक गरेको तीनवटा पोस्टरमा कमेडीका साथै गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको थियो। फिल्मका अधिकांश मुख्य कलाकार अटाएका छन्। पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैन। तर, प्रष्ट रूपमा कथा के हो खुलाएको छैन।

पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिनभित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ। उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ । सँगै विजय पनि सिनेमामा हाबी हुने एक पात्र हुन् भन्ने देखाउँछ। पोस्टरले अभाव, आम नेपालीको बाध्यता, मृत्युपछि पनि त्यसमा देख्ने पैसा देख्ने नेपाली र आफ्नै हिमाली बस्ती होस् वा परदेश नेपालीले मृत्युसँग साक्षात्कार गरिरहेको यथार्थलाई पोस्टरले देखाइदिएको छ ।
यो फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्मलाई कुमार कट्टेल (जिग्री ब्रो’ले लेखेका छन् भने निर्देशन पनि उनैको छ।

फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश उनीहरुकै हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमका कलाकारले अभियन गरेका छन्। फिल्ममा लगानी भने नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। ‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ। सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ ।

वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ। सुवेदीले ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन्। कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन्। नेपालमा भने सिनेमालाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.