सुचना, समाचार र मनोरन्जन
jaar

‘द नेशनल डिजाइनर रन वे २०२४’को चार उपाधि नै आई आई एफ टीको पोल्टामा

काठमाडौं :

पाँचौं संस्करणको फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनका प्राङ्देन हानी लिम्बुले जितेका छन्। भक्तपुरमा शनिबार साँझ भएको फाइनल प्रतियोगितामा उनले उक्त उपाधि जितेका हुन्।

उक्त प्रतियोगितामा आई आई एफ टी कै सबी श्रेष्ठ ‘फस्ट रनर अप’ हुँदा आई आई एफ टीका अर्का ग्राजुएट फेसन डिजाइनर ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ भए । त्यस्तै आई आई एफ टी कै सजिना मोनिकर ‘मष्ट पपुलर’ भइन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले ताज तथा विभिन्न पुरस्कार प्रदान गरे।

विभिन्न संस्थामा अध्यनरत र ग्राजुएट १४ जना फेसन डिजाइनरहरु प्रतिष्पर्धी रहेका थिए। प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा भएको हो। राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरुले सहभागिता जनाएका थिए।

डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए । प्रतियोगितामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहेकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक थिए। फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्जिव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रुपमा काम गरेका थिए।

Leave A Reply

Your email address will not be published.