सुचना, समाचार र मनोरन्जन

नरेशले थारु भाषामा कसलाई भन्दैछन् ‘मच्छी मारे जाई’

काठमाडौं :

नेपाली गीत संगीतले विश्वबजार लिइरहेको अवस्थामा थारू भाषाका गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ। प्रविधिले मारेको फड्कोसंगै गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ।

Pach Pandav

गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने मध्यमा कैलालीका युवा नरेश जोगी पनि पर्छन्। आफ्नो भाषा, कला संस्कृति संरक्षणको पक्षमा गीत, संगीतको माध्यमबाट योगदान दिदै आइरहेका नरेश जोगीको शब्द, संगीत र स्वरमा थारु गीत ‘मच्छी मारे जाई’को सुन्दर भिडियो सार्वजनिक भएको छ ।

नरेश जोगीलाई आरके थारु, राज कुश्मी, सोनु कुश्मी, आरजु चौधरीले स्वरमा साथ दिएका छन् भने निर्माता केशव बडु हुन् । सार्वजनिक भएको सातादिन पनि नबित्दै झण्डै लाखको हाराहारीमा हेरिएको भिडियोमा नरेश जोगी, समिक्षा चौधरी, रुनी चौधरी, दिपिका चौधरी, निरज चौधरी लगायतका कलाकारको अभिनय रहेको छ। नरेश जोगीले निर्देशन गरेको भिडियोमा सम्पादन मिलन विश्वकर्मा, मास्टरिङ चन्द चौधरी, क्यामरा दया चौधरीको रहेको छ।

Leave A Reply

Your email address will not be published.