सुचना, समाचार र मनोरन्जन

जिग्रीको जन्मदिनमा ‘लाज शरणम्’को घोषणा,यहि फिल्मबाट १२ वर्षपछि कमब्याक गर्दै मुकुन्द

काठमाडौं :

निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’को जन्मदिनको अवसर पारेर ‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’को निर्माण घोषणा गरेको छ। शुक्रबार राजधानीमा रहेको बिग मुभिज्मा आयोजित कार्यक्रममार्फत निर्माण घोषणा गरिएको हो।

जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले फिल्मको लेखन तथा निर्देशन गर्ने जानकारी दिइयो। फिल्मलाई नवीन श्रेष्ठले लगानी गर्नेछन् भने सहनिर्माताका रुपमा राम नरेश शाह रहेका छन्।

sfal

आजै निर्माण टिमले फिल्मको छायाँकार तथा कलाकारको परिचय गराएको छ। फिल्मलाई सुदीप बरालले खिच्नेछन् भने फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यहि फिल्मबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि फिल्ममा कमव्याक गर्दैछन्। निर्देशक कट्टेलले सक्किगोनि टिमबाट को–को कलाकार रहने तथा अन्य कलाकारहरु को–को रहने भन्ने बारे विस्तारै जानकारी दिने बताए।

यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शन ल्याउने समेत उनले जानकारी दिए।

फिल्म निर्माण घोषणा कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो।

सोही निर्माण टिमले मिडिया हबका सञ्चालक सोम धिताललाई कदर–पत्र र दोसल्ला सहित सम्मान गरेको छ। हरिवंश आचार्य, दीपाश्री निरौला,निर्देशक प्रदीप भट्टराई लगायतले सफलताको शुभकामना दिएका थिए। यस्तै फिल्मको घोषणा कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.