सुचना, समाचार र मनोरन्जन

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ६ विकेटले हरायो

काठमाडौं /

नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ।

आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन्।

Pach Pandav

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निधर्काले १३ रन बनाइन्।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिए।

अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ।

Leave A Reply

Your email address will not be published.